सिन्धुली । सिन्धुलीमा ढुङ्गाले हानेर श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । कमलामाई नगरपालिका–६ पानीटंकीमा घरायसी विवादका क्रममा ४८ वर्षीया राधिका वाइबाले ५५ वर्षीय बुद्धसिंह वाइबाको ढुंगाले हानेर हत्या गरेकी हुन् ।
यही कात्तिक १ गते श्रीमतीले हानेको ढुंगाले लागेर गम्भीर घाइते भएका बुद्धसिंहको आज बिहान मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो । तर, अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए ।
घर फिर्ता भएपछि सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएका उनको आज मृत्यु भएको हो । ढुंगा प्रहार गर्ने श्रीमतीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया