प्रचण्डकाे सचिवालयबाट गंगाले दिईन राजिनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।

आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन –

‘म, मेरा दिदीहरू र भाइले महान जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दुःख दिएको कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागीरहियो ।कुप्रचार र भ्रामक सूचना दिनेहरूले मेरो बारेमा निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेका छन्। कहिले कति लाखको ब्याग भनिदिएको छ कहिले कति लाखको घडी ! लाख पर्ने घडी,ब्याग जिन्दगीमा कहिले किनेको पनि छैन साथीभाईले जन्मदिनको अवसरमा दिएको उपहार थियो सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानी भैसक्यो अजै पनि त्यही कुरा ल्याएर प्रहार भइराखेको छ ।’