काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका बेला सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको खुलासा गरेका छन् । प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको उनले खुलासा समेत गरे ।
आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले पहिलोपटक यस्तो खुलासा गरेका हुन् ।
उनले भने, ‘पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको समथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थिया । त्यसैले म २७ गते बेलुकासम्म म कन्ट्याक्टमा रहिनँ ।’
प्रतिक्रिया