काठमाडौं। हिजाे शनिबार गायिका नितु पाैडेलले आत्मदाह प्रयास गरेकाे प्रकरणमा प्रहरीले गायक बाबुल गिरीलाई नियन्त्रणमा लिएको छ ।
गिरीको अनामनगरस्थित स्टुडियोमा नितु पौडेलले आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले युवती आत्मदाह प्रयास सम्बन्धमा गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जानकारी दिए ।
शनिबार अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् । सो घटनामा गायक गिरी पनि सामान्य घाइते भएका छन् ।
गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । त्यही घटनामा डिस्चार्जलगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएर गायक गिरीसँग सोधपुछ गरेको हो । गायिका पाैडेल र गायक गिरीबीच प्रेम सम्बन्ध रहेकाे चर्चा बजारमा चलेकाे छ ।

प्रतिक्रिया