काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएका हुन् ।
वैद्यको राजीनामा हिजाे राति सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले स्वीकृत गरेको छ । नेता हुकुम सिंहका अनुसार वैद्यको राजीनामा स्वीकृत गरेर नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ ।
किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए । लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया