नारायणगढ – मुग्लिन सडक खण्डमा सात गाडी ठाेक्किए, विवरण आउन बाँकी

चितवन । नारायणगढ-मुग्लिन सडक खणडको गाइघाटमा एकआपसमा ठ‍ोक्किएर सात वटा गाडी दुर्घटनामा परेको छ ।

चितवन प्रहरीका अनुसार एउटा गाडी अर्कोसँग ठक्कर खाएपछि एकपछि अर्को गर्दै सात गाडी एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा भएको घाइते र क्षतिको विवरण पूरा आएको छैन ।

चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार पाँच जना घाइतेलाई उपचारको लागि भरतपुर ल्याइएको छ । तर, सबै घाइतेको अवस्था र कति गाडी क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए ।