काठमाडौँ । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल दर्ताको तयारी गरेका छन् । ढुंगानाले भोली दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर दलको नाम घोषणा गर्ने बताएका हुन् ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।
ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।
प्रतिक्रिया