काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जावलाखेलको भनिमण्डलस्थित रामबाग महलमा स्कर्टिङमा पुगेका छन् । केन्द्रीय समिति बैठकमा सहभागी हुन उनी केहिबेरअघि जावलाखेल पुगेका हुन् । भने अहिले बैठक चलिरहेको छ ।
उनलाई राष्ट्रिय युवा सङ्घले मोटरसाइकल स्कर्टिङ गरेर भक्तपुरको गुण्डदेखि जावलाखेलसम्म पुर्याएको हो । ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता बैठकस्थल पुगिसकेका छन् ।
केन्द्रीय कमिटीका अन्य नेताहरू पनि बैठकस्थल पुग्नेक्रम जारी छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेको आजदेखि तीन दिन बैठक चल्नेछ।
प्रतिक्रिया