श्रीमतीले काटिन श्रीमानको लिंग

काठमाडौं । मोरङको कटहरी गाउँपालिका–२ मा श्रीमतीले श्रीमानको लिंग काटिदिएकी छिन् ।

आपसी विवादका क्रममा जहदा गाउँपालिका–३ की ३० वर्षीय श्रीमतीले ३२ वर्षीय श्रीमानको लिंग धारिलो हतियारले काटिदिएकी हुन् ।

हिजो राति दुई जनाबीच विवाद हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गरेर श्रीमानको लिंग काटिदिएको मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

धारिलो हतियार प्रहारबाट गोप्य अंग आधा छिनेका ति पुरुषको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ । महिलालाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।