आफ्नै श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोक डेरा गरी संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुङ्गा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।