जेनजी आन्दाेलनकाे क्रममा गाेली चलाउने आदेश दिईएकाे थिएन: पूर्व गृहमन्त्री लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजीले आयोजना गरेको प्रदर्शनमा आफूले कुनै पनि प्रकारको बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन् ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्रीले आदेश दिने भन्ने विषय होइन । न मबाट न त प्रधानमन्त्रीबाट बल प्रयोगको कुनै आदेश दिइएको हाे ।

भ्रष्टाचार तथा सामाजिक सञ्जाल बन्दविरुद्ध गरिएको भदौ २३ को प्रदर्शनमा काठमाडौँमै १७ जनाको मृत्यु भएको थियो । देशभर फैलिएर भएको आन्दोलनमा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड र आगजनीसमेत भएको थियो। लेखकले ती घटनाप्रति आफू दुःखी भएको र त्यसकै कारण तत्कालीन समयमा गृहमन्त्री पदबाट राजीनामा दिएको बताए।

उनले भने, ‘धेरै मानिसको ज्यान गयो, संरचनाहरूमा आगजनी भयो । ती सबै घटनाले मलाई दुःखी बनायो। त्यसैले म तत्काल पदबाट बाहिरिएँ।’