धादिङको भल्टारमा टिपर र बस ठोक्किदा ११ यात्रु घाइते

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा बस र ट्रक ठोक्किदा ११ यात्रु घाइते भएका छन् ।
आज बिहान करिब ९ बजेतिर बस र टिपर एकापसमा ठोक्किँएका हुन् । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर एक आपसमा ठोक्एिका थिए ।

दुर्घटनामा परेर बसमा सवार ११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए । घाइतेहरूको उद्धार गरी तत्काल नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । उनका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र कुनै पनि यात्रु गम्भीर घाइते भएका छैनन् ।

दुर्घटनाका कारण बसको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले दुर्घटनाग्रस्त दुवै सवारीसाधनलाई सडकबाट हटाई अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी दाहालको भनाई छ ।