राष्ट्रपति पौडेलले प्रधानमन्त्री, मन्त्रीसहित दलका नेताहरुसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलका नेताहरुसँग आज छलफल गर्ने भएका छन् ।

अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

छलफल शीतल निवासमै हुनेछ । हिजो पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।