काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेनजी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो ।
गृह मन्त्रालयले उनीहरूलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ । पासपोर्ट रोक्का हुनेमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजाल रहेका छन् ।
गत २३ भदौको जेनजी आन्दोलनमा प्रहरीले घातक हतियारहरू प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गरेका थिए ।
तर गृह मन्त्रालयले त्यतिबेला ‘जसरी पनि भीडलाई सङ्घीय संसद् भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो । त्यसपछि काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए ।
प्रतिक्रिया