मोरङ । विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेश समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग मोटरसाइकल ३ थान समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया