काठमाडौ । काठमाडौं महानगरपालिका–८ पशुपति क्षेत्रस्थित राम मन्दिर नजिकको जंगलबाट प्रहरीको टोलीले दुई थान पेस्तोल र तीन थान म्याग्जिन बरामद गरेको छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बुधबार दिउँसो वेवारिसे अवस्थामा रहेका उक्त हतियार फेला पारेको हो।
प्रहरीका अनुसार बरामद हतियारको श्रोतबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।
“पेस्तोल र म्याग्जिन कसरी त्यहाँ पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,” प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया