पर्सा । ठोरी गाउँपालिका–४ माडीबस्तीस्थित सडकमा बीआर २२ बीपी २५१५नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा चालक जिराभवानी गाउँपालिका–१ बस्ने ४० वर्षीय रामजी मुखिया बिनको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको गण्डक हेल्थ केयर वीरगंजमा उपचार भइरहेको छ ।
दैलेख,चामुण्डा बिन्दासैनी नगरपालिका–७ रामाघाटस्थित सडकमा प्र.३–०२–००६ प ८५६६ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कालिकोट खाडाचक्र नगरपालिका–१८ बस्ने १८ वर्षीय एडमन शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले क.प्र.०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । ट्रक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की,पोखरा महानगरपालिका–१ हरिचोकमा ग.३ प ७३१७ नम्बरको मोटरसाइकल बुधबार रातिदुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका–२५ हेम्जा क्रान्तिटोल बस्ने २५ वर्षीया मानदेव गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले ग.१ ख ९९६१ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको थियो । ट्रक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही,बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित सडकमा लु.५१ प ९४१४ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक देवदह नगरपालिका–१० भलुही बस्ने ३८ वर्षीया विद्या शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिद्धबाबा हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया