डा. बाबुराम भट्टराईले दिए राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी नेतृत्वबाट राजीनामा दिएका छन् ।

आज काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा डा. भट्टराईले आफ्नो राजीनामा पत्र पेश गरेका हुन् ।

डा. भट्टराईले अबको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने आवश्यकता औंल्याउँदै पद त्याग गरेको बताईन्छ ।

बैठकले पार्टीको केन्द्रीय समिति भंग गर्ने निर्णय गर्दै पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने मार्गचित्र तय गरेको छ । विशेष महाधिवेशनका लागि आयोजक कमिटी गठन गर्ने निर्णय पनि गरिएको छ ।

पार्टी स्रोतका अनुसार आयोजक कमिटीको संयोजकमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई प्रस्ताव गर्ने तयारी गरिएको छ । सो प्रस्तावमा छलफल जारी रहे पनि अन्तिम निर्णय भने महाधिवेशन आयोजक कमिटी गठनपछि सार्वजनिक गरिनेछ ।

पार्टी नेतृत्वमा फेरबदलको तयारीसहित विशेष महाधिवेशनमार्फत संगठन पुनर्संरचना गर्ने रणनीति पार्टीले लिएको छ ।