माओवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालयमा जारी छ ।

दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बसिरहेको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरूमा छलफल हुनेछ ।

जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुनेछ ।