नवलपरासी । नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका–४ लोहरौली बस्ने ३५ वर्षीय जोगेन्द्र केबटको आफ्नै घरको पानी ट्याङ्कीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, सुरूङगा नगरपालिका–२ हर्दिया बस्ने सुरेन्द्र चौधरीकी छोरी ७ वर्षीया सुस्तिका चौधरी र केशर चौधरीको छोरी ११ वर्षीया आश्की चौधरीको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया