काठमाडौं । नेकपा माओवादी केन्द्रकाे आज पदाधिकारी बैठक बस्दैछ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न बैठक बस्न लागेकाे होैै ।
बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो ।
सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ ।
प्रतिक्रिया