पहिरोका कारण बेनि–जोमसोम सडकखण्ड अवरुद्ध

पोखरा । मुस्ताङस्थित बेनि–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रेभिर स्थित बेनिजोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।