यी हुन जेल तोडेर भाग्न खोज्दा गोली खाएर मृत्यु हुनेहरु

काठमाडौ । जेनजीको आन्दोलनताका जेल तोडेर भाग्न खोज्ने नेपाली सेनाले चलाएको गोली लागेर दश जनाको ज्यान गएको छ । बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका १० कैदीबन्दीको मृत्यु हुन पुगेको हो ।

मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका बन्दीहरू २१ वर्षीय उमेश विष्ट, २० वर्षीय दिनेश घर्तिमगर, २० वर्षीय समीर थापा, १९ वर्षीय जगत देउवा र २१ वर्षीय भूपेन्द्र खत्री छन् ।

त्यस्तै जिल्ला कारागार रामेछापबाट भाग्ने क्रममा ५१ वर्षीय राजकिशोर यादव, ५८ वर्षीय बिरु धोबी र ४० वर्षीय मनोज महतोको मृत्यु भएको हो । जिल्ला कारागार धादिङबाट जेल तोडेर भाग्ने क्रममा ६१ वर्षीय जित बहादुर घले र ३६ वर्षीय इन्द्र बहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जेल तोडेर भाग्नेक्रममा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । यहि भदौ २३ र २४ गते काठमाडौं लगायत देशभर भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । अझै केही घाइतेहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।