अछाम । १३ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा साँफेबगर नगरपालिका–४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया