धादिङमा बस र ट्रिपर ठोक्किदा ६ जना घाइते

काठमाडौं ।धादिङको पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका–२ बाह्र किलोमा बस र टिपर आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय दादिङले जनाएको छ।

सामान्य घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते एक यात्रुलाई भने थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।