सेनाको सुरक्षामा रहेका नेताहरु को– को निस्किए बाहिर ?

काठमाडौं । जेनजीको आन्दोलनको क्रममा सेनाले सुरक्षार्थ राखेका नेताहरु बाहिर निस्किन थालेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दम्पती र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती बाहेकका नेताहरु अहिले सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएका हुन् ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा एकीकृत समाजावादी पार्टीका अध्यक्ष मात्रवकुमार नेपाल सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएका हुन् । उनीहरुले आजआन्दोलनका क्रममा ध्वस्त भएको भौतिक संरचना समेत हेरे । प्रचण्डले पार्टी मुख्यालय पेरिस डाडामा गएर अवलोकन गरेका छन् । माधव नेपालले आफ्नो घरको अवलाकन गरेका छन् । आन्दोलनका क्रममा क्षति भएको संरचना हेर्न उनीहरु आ–आफ्नो स्थानमा पुगेका थिए ।

यस्तै सम्मानित नेकपा एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनाल पनि सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएका छन् । उनी घर नजिकै छोरासँग बसिरहेका छन् ।
उनीहरुसँगै बहालवाला मन्त्रीहरु पनि सेनाको सुरक्षा घेरा छोडेर बाहिर निस्किसकेका छन् । उनीहरु कोही आफन्तको घरमा त कोही कोठा भाडामा लिएर बस्न थालेका छन् ।