करेन्ट लागेर मृत्यु

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-१० बेलघारी बस्ने ४८ वर्षीय मोहमद अयुपको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरबाट विद्युतको तार जोडि घर नजिकैको नालामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।