डा. रुइतले गरे प्रधानमन्त्रीले मन्त्री बन्न गरेको आग्रहलाई इन्कार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई मन्त्री बन्न गरेको आग्रहलाई इन्कार गरेका छन् । आज तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसंग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा रुइतसंग आग्रह गरेका थिए । जवाफमा डा. रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताएका थिए ।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफु चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउदै आएका छन् ।