काठमाडौं । सुशीला कार्की नेतृत्वमा सरकार गठन भएपछि मन्त्रिपरिषद्को पहिलो बैठक आज बस्दैछ । दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ । त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन् ।
आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए ।
खनाललाई अर्थ, अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा घिसिङलाई ऊर्जासँगै सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया