महान्यायाधिवक्तामा भण्डारी नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् ।

आज प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको हो । आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गरेका थिए ।

यो सँगै मुलुकले पहिलो पटक महिला महान्याधिवक्ता पाएको छ । यसअघि अहिलेसम्म महान्यायाधिवक्तामा महिलाको प्रतिनिधित्व भएको थियो ।