काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छिन् । उनी बिहान ११ बजे कार्यकक्ष प्रवेश गरी कार्याभार सम्हाल्ने सम्हाल्ने भएकि हुन् ।
गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा उनले कार्यभार सम्हाल्नेछिन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एक समारोहबीच पथ ग्रहण गरेर राति अबेर बालुवाटार फर्किएकी प्रधानमन्त्री कार्की शनिबार बिहानैदेखि राजकाजमा सक्रिय भएकी थिइन् ।
प्रधानमन्त्री कार्कीले शनिबार बिहान जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको शव व्यवस्थापन र पीडित परिवारलाई तत्काल राहतका विषयमा सरकारी अधिकारीहरुसँग छलफल गरेकी थिइन् । साथै उनले आन्दोलननका क्रममा क्षतिग्रस्त संरचनाहरुको पनि विवरण लिइन् ।
शनिबार दिउँसो मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलगायतलाई बालुवाटारमै बोलाएर शान्ति सुरक्षा, अर्थतन्त्र र सरकारी कोषको अवस्थाबारे जानकारी लिँदै कतै पनि सरकारविहीनताको अवस्था हुन नदिन निर्देशन दिएकी थिइन् ।
शनिबार नै राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताललगायत विभिन्न अस्पतालमा रहेका घाइतेको अवस्था बुझेकी थिइन् । सो क्रममा उनले घाइतेहरुलाई शान्त्वना दिँदै ‘आन्दोलनले जुन जिम्मेवारी र म्यान्डेट दिएको छ, त्यो पूरा गरेर इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिने गरी काम गर्न सफलता मिलोस्, हाम्रो शुभकामना दिइन् ।
प्रतिक्रिया