काठमाडौं । रास्वपा नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट परोकी छिन् । आज एक भिडिओ सन्देश जारी गर्दै आफू मन्त्री बन्न लागेको भनी चलाइएका हल्लाको खण्डन गरेकी हुन् ।
उनी शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहणमा उपस्थित भएपछि उनी मन्त्री बन्न लागेको चर्चा चलेको थियो । भ्रममा कोही पनि नपर्न भन्दै उनले नयाँ सरकारमा मन्त्री नबन्ने बताएकी छन् ।
उनले भनिन्–कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु ।
प्रतिक्रिया