चार प्रदेशमा भारी वर्षाकाे संभावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सातै प्रदेशका केही स्थानहरूमा पानी परिरहेको छ । काठमाडौंमा पनि बिहानैदेखि बदली र वर्षाको अवस्था छ ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाको पूर्र्वानुमान रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।