जेन जीकाे आन्दाेलनपछि प्रचण्डले खाेले फायर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवाहरुले आन्दाेलन गरेपछि पहिलाेपटक मुख खाेलेका छन् । उनले जेनजी र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला माओवादी कार्यालय र निजी निवासमा कसले र किन आगो लगायो भनी प्रश्न समेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको र उनीहरूले नै सिंहदरबारसहित राज्यका साझा संरचनामा आगजनी गरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको माग र माओवादीले विगतदेखि उठाउँदै आएका विषयहरुबीच मेल खाने भन्दै आन्दोलनका कैयन पीडादायी पक्ष भए पनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावना ढोका खोलेको बताएका छन् । यसका लागि उनले जेनजी पुस्तालाई विशेष धन्यवाद समेत दिएका छन् ।

यस्ताे छ वक्तव्य