बिहानैदेखि युवाहरु संसद भवन बाहिर जम्मा

काठमाडौं । कर्फ्युकाे वास्ता नगरी युवाहरु नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भेला हुन थालेका छन् ।

हिजाे जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन् ।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुरले भने बिहान साढे बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेका छन् ।

उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर रहने भनेर उल्लेख गरेको छ ।