चितवन । भरतपुर महानगरपालिकाले खाेला अतिक्रमण गरेर बनाएकाे भत्काएकाे छ । नारायणघाट बजार भएर बग्ने पुङ्गी खोला संरक्षणकाेथा लागि महानगरपालिकाले खोला अतिक्रमण गरेर बनेका घर टहारा भत्काउन सुरू गरेको हाे ।
खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन ३५ दिने सूचना दिँदा पनि हटाएपछि बुधबारबाट महानगरले डोजर लगाएर भत्काउन थालेको हो ।
खोलाको अतिक्रमित जग्गा भन्दै तीन धुर जग्गामा निमार्णभएको पाँचतले भवन भत्काउन सुरु गरेको हो । खोला मिचेर बनाएको भन्दै नारायणघाटको लायन्सचोकमा रहेको लायन्स क्लबको भवन डोजर लगाएर भत्काएको छ । पटकपटक सूचना गर्दा पनि वेवास्ता गरेपछि महानगरले नै डाेजर लगाएर भत्काउन थालेको हो ।
प्रतिक्रिया