नेपाली कांग्रेसले मागे उपसभामुख परिवर्तन हुन सक्छः संचारमन्त्री गुरुङ

कास्की । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेसले मागेमा उपसभामुख पद परिवर्तन हुन सक्ने बताएका छन् ।

आज प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले उपसभामुख कांग्रेसबाट हुन सक्ने बताएका हुन् । ‘एमाले चाहिँ सभामुखमा छ । कांग्रेसले राजनीतिक स्थिरताका लागि उपसभामुख पद माग्यो भने सायद नेताहरुले मिलाउनु पनि पर्छ,’ उनले भने ।

गुरुङले सभामुख, उपसभामुख पद परिवर्तन हुनु स्वभाविक भएको बताएका हुन् । ‘अहिले कांग्रेस र एमालेको गठबन्धनको सरकार छ । गठबन्धनमा सहमति भयो भने उपसभामुख चेन्ज हुन सक्छ । राष्ट्रपति, उपराष्ट्रपतिको पद त होइन यो । चेन्ज भइराखेको छ । सभामुख पनि चेन्ज भइराखेकै छन्,’ उनले भने ।

गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उपसभामुख बनेकी इन्द्रिरा रानालाई सरकारले हटाउन लाग्यो भनेर गलत हल्ला फैलाएको बताए । ‘हटाइहाल्न पर्छ भनेर लागेको भए त हटाइहाल्थ्यौं नी,’ उनले भने ।