रविको पक्षमा ३४ लाख हस्ताक्षर र ६५ लाख रकम संकलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर र ६५ लाख सहयोग संकलन भएको छ।

पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।

उनका अनुसार आजसम्म ३४ लाखले हस्ताक्षर भएको छ ।

हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको बताउँदै हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरु भएको पनि जनाए ।
यो अभियानको नेतृत्व सचिवालय सदस्य दीपक बोहरा गरेका छन् । रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो।