प्रचण्डसँग रविले गरे यस्ताेगुनासाे – गठबन्धन मप्रति अनुदार बन्यो, बिगो बुझाएर बाहिरैबाट मुद्दा लड्ने सुविधासमेत पाइनँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसङ्ग भेटेर गुनासाे गरेका छन् । रविलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भैरहवा नै गएर आफूले भेट्न चाहेको भएपनि समय नमिलेर नगएको बताए ।

    लामिछानेको भैरहवा कारागारको भन्दा बसाइँ यहाँको राम्रो पाइएको बताए ।

    प्रचण्डले भने, ‘मेरै जस्तो केसमा अरूले चाहिँ उन्मुक्ति पाउने, मेरो भन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइयो, मलाई मात्रै लखेटियो भन्ने कुरा राख्नुभयो। मैले सदनदेखि सडकसम्ममा पनि बोलेको कुरा उहाँलाई थाहा छँदै थियो। अदालतले नै तोकेको बिगो बैङ्क धरौटी राखेर मुद्दा लड्छु भन्दा पनि सुविधा पाइनँ ।’

    उनले गठबन्धन आफूप्रति अनुदार भएको गुनासो गरेको बताए। बिगो बुझाएर मुद्दा लड्न पाउने कुरालाई सबैले विचार गर्नुपर्ने बताए ।

    उनले थपे, ‘उहाँमाथिको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने कुरा हो । तर मैले उहाँलाई राजनीतिक रूपमा कांग्रेस एमालेको आफूलाई गरेको व्यवहारले पार्टीलाई राम्रो फाइदा भएको बुझ्नुभएको रहेछ ।’

    उनले लामिछाने आफू प्रधानमन्त्री हुँदा दुई पटक गृहमन्त्री भएको भन्दै अभिभावकको हिसाबले भेटेको बताए। लामिछाने पहिलाको भन्दा दुब्लाएको पाएको पनि सुनाए ।