काठमाडौं । सरकारमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरेपछि विपक्षी दलहरु पनि आकश्मिक छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा विपक्षी दलहरुको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।
बैठकमा माओवादी केन्द्रबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे,रास्वपाबाट डोलप्रसाद अर्याल र सन्तोष परियार,राप्रपाबाट वुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादी राजेन्द्र पाण्डे र शेरबहादु कुवँर, आम जनता पार्टीबाट प्रभु साह र नेपाल समाजवादी पार्टीबाट महेन्द्रराय यादव उपस्थित रहेका छन् ।
उपसभामुख इन्दिरा रानामगरलाई हटाउन भएको हस्ताक्षर संकलनबारे माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकमा पनि चर्चा भएको थियो । सरकारले निरंकुशता देखाउने खोजेको टिप्पणी बैठकमा गरेका थिए । लगत्तै उनले विपक्षी दलहरूको बैठक आह्वान गरेका थिए ।
प्रतिक्रिया