काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को आसन्न उपचुनावमा २६ दलले भाग लिन पाउने भएका छन् । निर्वाचन आयोगले चुनावका लागि दल दर्ता गराएकोमा रित पुगेका २६ दलको नाम सार्वजनिक गरेको हाे।
२७ दलले दल दर्ताका लागि निवेदन पेश गरेकोमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने उपचुनावको लागि अयोग्य ठहरिएको छ । नागरिक उन्मुक्ति पार्टीले दर्ताका लागि पेश गर्नुपर्ने विवरण पेश नगरेकाकाले अयोग्य ठहरिएको आयोगले जनाएको छ । नाउपाले केन्द्रीय समितिको निर्णय लगायतका विवरण पेश नगरेको आयोगले जनाएको छ ।
पार्टीको आन्तरिक विवादका कारण नाउपाका दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएको थियो । नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ र अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन २७ गते दल दर्ताको निवेदन दिएकी थिइन् ।
प्रतिक्रिया