दुर्गा प्रसाईँले पार्टी खाेल्दै

काठमाडौं । दुर्गा प्रसाईँले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साता अघि डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईँले आज पत्रकार सम्मेलनमार्फत नयाँ राजनीतिक दल गठन गर्ने योजना सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो अभियान सञ्चालनका क्रममा कोठामा ताला लगाउने जस्ता अवरोधहरू सामना गर्नुपरेपछि राजनीतिक दल खोल्ने निष्कर्षमा पुगेको बताए । ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो प्राथमिकता मेरो परिवार वा म स्वयंभन्दा पनि नेपाल र नेपाली जनता बनेका छन् । राजनीतिका कारण बिग्रिएको अवस्थालाई सुधार गर्न हामी राजनीतिमा संलग्न हुन बाध्य भएका छौँ,’ प्रसाईँले भने।

उनले चाँडै नै दलको नाम घोषणा गर्ने जानकारी दिए । ‘म र मेरो अभियानका साथीहरूले राजनीतिक दल गठन गरी त्यसमा संलग्न हुने अठोट गरेका छौँ । त्यसैले मैले राजनीतिक शक्ति निर्माण गर्न दल खोल्ने निर्णय गरेको छु,’ उनले थपे ।