रवि लामिछानेलाई मानवअधिकार आयोगको टोलीले भेट्यो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले रूपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेको छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोलीले कारागार पुगेर लामिछानेसँग भेट गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते थुनामा पठाउने आदेश दिएपछि लामिछाने २५ चैतदेखि भैरहवा कारागारको ब्लक नम्बर ४ मा रहेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न खालका समाचार आइरहेको बेला आयोगको टोली कारागार अनुगमनमा पुगेका हो ।