काठमाडौं । नागरिक उन्मुक्ति पार्टी औपचारिक रुपमा विभाजित भएको छ । रन्जिता श्रेष्ठ विरोधी पक्षले रेशमका बुबा लालवीरलाई अध्यक्ष बनाएको छ । आज उनलाई श्रेष्ठबिराधी पक्षलृ अध्यक्ष घोषणा गरेका हुन् ।
हिजोमात्र रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाइएको थियो । अध्यक्ष तोकिएपछि चौधरीले प्रतिकृया दिदै विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए। उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए।
उनले भने, ‘उहाँलाई हामीले टाढा राखेका छैनौं। अहिले पनि भनेको थियौं यहाँ आएर आफ्नो कुरा राख्नुस् भनेर, उहाँलाई पार्टीले धेरै पर राखेका छैन। एउटा निकासको लागि मात्रै अघि बढेको छ।’
प्रतिक्रिया