कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । विधानविपरीतको क्रियाकलाप गरेको भन्दै उनलाई स्पष्टिकरण सोधिएको हो ।
आफू बिरामी परेर उपचाररत रहेको अवस्थामा कुनै जानकारी नगराइकन गत ९ साउन र ११ साउनमा विभिन्न गैरकानूनी निर्णयहरु गरेको रञ्जिताको आरोप छ ।
‘तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारण युक्त एवं चित्तबुझ्दो स्पष्टिकरण पेश गर्नुहोला । अन्यथा पार्टीको विधान बमोजिम तपाईलाईं कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ,’ स्पष्टीकरणको पत्रमा भनिएको छ ।
रञ्जिताले पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि पठाएकी छन् ।
प्रतिक्रिया