माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।

दिउँसो ३ बजे पार्टी मुख्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

स्थायी कमिटी बैठकको एजेन्डा र केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारी बैठकमा छलफल हुने बताईएको छ ।

भोली(बिहीबार) माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।

उक्त बैठकले केन्द्रीय कमिटीमा बैठकको एजेन्डा तय गर्नेछ। केन्द्रीय कमिटी बैठकको मिति भोलि बस्ने स्थायी कमिटीले तोक्ने र आजको बैठकमा स्थायी कमिटीको एजेन्डा, समसामयिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल हुने जानकारी पनि सापकोटाले बताए ।