काठमाडौं । समाजवादी मोर्चाको बैठक सकिएको छ । मोर्चाले अहिलेसम्म भएको गतिविधि पर्याप्त नभएको र थप संघर्ष गर्नुपर्ने निष्कर्ष निकाल्दै सकिएको हो ।
नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चाबारे गम्भीर समीक्षा भएको बताएका छन्।
मूलभूत रूपमा मोर्चा सफल रहे पनि अपेक्षित ढङ्गले गति लिन नसकेको बैठकले निष्कर्ष निकालेको सुनाए।
उनले भने, ‘मोर्चालाई अझ प्रभावकारी बनाएर डेब्लभ नगर्ने हो भने त यतिको त अर्थ छैन। यो मोर्चाको बैठकमै बहस भयो। हामीले समीक्षा गरे अघि बढ्ने निष्कर्ष निकालेका छौँ।’
बैठकले समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्ने फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजानुपर्ने निष्कर्ष निकालेको बिश्कर्माले बताए।
भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जानेबारे छलफल भएको बताए। बैठकले देश अफ्ठेरो अवस्था रहेको निष्कर्षसहित सही ढङ्गले अघि नबढे देश सङ्कटमा पुग्ने बताए।
प्रतिक्रिया