काठमाडौं । समाजवादी मोर्चा नेपालले बैठक बस्दैछ। आज दिउँसो ३ बजे नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा छलफल हुने बताइएको छ।
मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसहित दुई दलका शीर्ष नेताहरुबीच दुई दिन छलफल भएको थियो।
मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले पनि प्रचण्ड माधवसहित दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए।
माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी मोर्चालाई एउटै पार्टी रूपान्तरण गर्ने गरी छलफल चलिरहेको बताइन्छ।
प्रतिक्रिया