यी विषयमा टुङ्गाे लगाउँदै सकियाे एमालेकाे सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको दुईदिने पोलिटब्युरो बैठक आज सकिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र संशोधनपछि आएको विधान संशोधन प्रस्ताव पारित भएको छ ।

संशोधित प्रस्तावमा ७० वर्षे उमेरहद हटाइएको, नेतृत्वमा दुई कार्यकालको सीमा हटाइएको, १५ सदस्यीय पदाधिकारी रहने र वरिष्ठ उपाध्यक्षको व्यवस्था नरहने प्रावधान समावेश छन् । बैठकमा पदाधिकारीबाहेक ६८ जनाले आफ्ना धारणा राखेका थिए ।