काठमाडौं । घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा जोडिएर भर्खरै मात्र राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूलाई नखाएको विष लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीसम्म अघि भर्खर मात्रै राजीनामा बुझाएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी आफूले राजीनामा दिएको बताएका छन् ।
राजीनामापछि फेसबुकमा स्टाटस लेख्दै उनले ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिरसहित यसरी अरु कोही पनि सिकार नबनुन् भनेका छन् ।
उनले लेखेका छन्, ‘कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्नीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको छु ।’

प्रतिक्रिया